बिहीबार पनि सेयर बजार ओरालो लाग्याे

77

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ। बिहीबार पुँजीबजार मापक सूचक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा झरेको छ।

बिहीबार समग्रमा सेयर बजार १.५७ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जानकारी दिएको छ। साताको अन्तिम कारोबार दिन सेयर बजारमा दुई अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको  कारोबार भएको छ।

नेप्सेका अनुसार बिहीबार कूल २२४ वटा कम्पनीका ५३ लाख ७९ हजार ८६० कित्ता सेयर ३७ हजार २३६ पटक किनबेच भएका थिए। आज कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको मूल्य घटेको छ भने बाँकी एक समूहको सेयर मूल्य बढेको छ।

आज म्यूचअल फन्ड समूहको सेयर मूल्य बढेको हो। बिहीबार सबैभन्दा धेरै विकास बैंक समूहको सेयर मूल्य घटेको छ। यस समूहको सेयर मूल्य आज ३.६६ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ।

आज नेपनल बंगलादेश बैंकको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। यस बैंकको सेयर मूल्य आज ९ प्रतिशत भन्दा धेरैले बढेको छ। आज सर्वाधिक कारोबार हुने कम्पनीमा प्रभु बैंक रहेको छ। बैंकको आज एकैदिन ९ करोड ४३ लाख ८६ हजार ७१७ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, नेपाल बंगलादेश बैंकको ७ करोड ८ लाख, समृद्धि फाइनान्सको ६ करोड ९ लाख, अपि पावर कम्पनीको ६ करोड ८७ लाख र नेशनल हाइड्रोपावरको ६ करोड ५४ लाख भन्दा माथिको कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here