करिब २२ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल आइपुग्दै

198

काठमाडौं । नेपालमा करिब २२ लाख डोज कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन आउने भएको छ।

आज बिहीबार र भोलि शुक्रबार गरी २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार बिहीबार बिहान ७ः४५ बजे ७ लाख १९ हजार ६५० डोज नेपाल आइपुग्नेछ। थप १४ लाख ५७ हजार डोज खोप शुक्रबार आइपुग्ने थापाले जानकारी दिए।

खोप युनिसेफमार्फत नेपाल आउन लागेको हो। यसअघि अमेरिकाले कोभ्याक्स सुविधामार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here