प्रधानमन्त्रीसमक्ष रक्षामन्त्री रिजालले बुझाए राजीनामा

95

काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिएका छन्। उनले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा पराजित हुने संकेत देखिएपछि रिजालले बिहीबार बिहान मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए। उनले अन्तिम परिणाम प्राप्त हुनासाथ  प्रधानमन्त्री देउवासमक्ष राजीनामा पेस गर्ने जनाएका थिए।

रिजालले कांग्रेसभित्र आफूलाई समर्थनको आधार अत्यन्त संकुचित भएको निर्वाचन परिणामले देखाएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्।

बिहीबार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन्।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here