सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा तीन खेल

162

काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा शनिबार तीन खेल हुनेछन् । त्यसमध्ये दुई खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ । पोखरामा ‘ए’ डिभिजनको खेल हुन लागेको यो पहिलो पटक हो ।

पाँचौं चरण अन्तर्गत दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल र जावलाखेल भिड्ने छन् । च्यासल चार खेलबाट चार अंक जोडेर दसौं स्थानमा छ । जावलाखेल खालि एकै अंकमा सीमित रहेर १३ औं स्थानमा छ ।

दशरथ रंगशालामा हुने अर्को खेलमा थ्री स्टार र न्युरोड खेल्नेछन् । थ्री स्टार चार खेलबाट पाँच अंक जोडेर छैटौं स्थानमा छ । एनआरटीको पाँच अंक छ र नवौं स्थानमा छ ।

पोखरामा हुने खेलमा दुई पुराना परिचित प्रतिद्वन्द्वी भिड्ने छन्, मनाङ मर्स्याङ्दीविरुद्ध पुलिस । कीर्तिमान आठ पल्टको च्याम्पियन मनाङको चार खेलबाट १० अंक र दोस्रो स्थानमा छ । पुलिस चार खेलबाट पाँच अंकमा आठौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here