बाथ रोग लागेमा, यी उपायहरू अपनाउने

472

काठमाडौं  / बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउछ । हाल सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ । यो रोग प्राय जसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ ।

मानव शरिर बाहिरी जिवाणुसँग लड्नको लागी बिशेष कोशीकाहरु हुन्छन् । जब कुनै कारणवस यी कोशीकाहरुले आफनै शरिरका विभिन्न अंगहरुलाई आक्रामण गर्न थाल्छन, त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरुमा बाथ रोग,डाईवेटिज,थाईरोइड तथा अन्य रोगहरु पर्दछन् । बाथ रोग लाग्नुको मुख्य कारणह अहिलेसम्म पत्ता लागि सकेको छैन । तर जेनेटिक र कुनै विशेष जिवाणुको संक्रामणको कारणले भने बाथ लाग्न सक्छ । यसै गरी चुरोटको धुँवाले बाथको मात्रा बढाउन सक्छ ।

नेपालमा बाथ राेगका संख्या कति छ भनेर कुनै तथ्याकं छैन । चिकित्सकहरुका अनुसार विश्वको १० प्रतिशत जनसंख्यालाई बाथ रोग हुने अनुमान गरिएको छ । यस हिसाबले नेपालमा पनि प्राय ३० लाख बाथ रोगी हुनसक्ने चिकित्सकहरु जनाएका छन् ।

नेपालमा गठिया बाथ, कुरकुरे हड्डी खिइने बाथ, हड्डी मक्खिने बाथ, यूरिक एसिडको बाथ, मेरुडण्डको बाथ, लुपस, मांसपेसीको बाथ, स्केलेरोडमा हुन् । यस  बाहेक अन्य प्रकारका बाथ पनि देखिने गरेको छ । बाथ रोग बच्चादेखि वृद्घसम्म सबै उमेरका मानिसमा देखिन सक्छ । उमेर अनुसार बाथको प्रकार र जटिलता फरक फरक हुन्छ । यसै गरी महिला र पूरुषमा पनि कुनै बाथ महिलामा बढी देखिन्छ भने कुनै पूरुषमा देखिन्छ ।

बाथको प्रकार अनुसार लक्ष्यणहरु भिन्न भिन्न हुन्छन । प्राय जसो सबै बाथमा हुने लक्ष्यण भनेको जोर्नीहरु दुख्नु हो । साना तथा ठूला जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने प्रारम्मिक लक्ष्यणमा पर्छ । समयमै उपचार नगर्दा जोर्नीहरु बिस्तारै बङ्गिदै जान सक्छ ।

गठिया बाथ :  यो बाथ राेग प्राय जसो ४० वर्ष कटेका महिला मान्छेमा बढी देखिन्छ । पुरुषमा भन्दा महिलामा यो तिन गुणा बढि देखिएको छ । यस बाथमा जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने र बिस्तारै बङगिदै जाने हुन्छ ।

कुरकुरे हड्डी खिइने बाथ : यो बाथ राेग प्राय जसो ५० वर्ष कटेका महिला र पूरुषमा बढी देखिन्छ । यसमा धेरै जसोको घुँडाको जोर्नी सिंधी तलमाथी गर्दा अथवा उकालो ओरालो हिड्दा दख्ने गर्छ । यसले हातका साना जोर्नीमा पनि असर गर्न सक्छ ।

युरिक एसिडको बाथ:  प्राय जसो ४० वर्ष कटेका पुरुषमा देखिने बाथ हो । युरिक एसिड को बाथ राेग महिला र बच्चामा धेरै देखिदैन । यस बाथ राेगमा प्राय जसो खुट्टाको बुढी औंला रातो भएर सुन्निएर बेस्सरी दख्ने गर्छ र ४, ५ दिनमै आफै निको भएर जान्छ । यस्तो दुखाई वर्ष दिनमा २, ३ पटक हुन सक्छ ।

लुपस बाथ : यो बाथ तन्नेरी महिलाहरुमा बढी पाईन्छ । यसमा जोर्नीहरु दुख्नुको साथै कपाल धेरै झर्ने, मुखमा बारम्बार घाउ आउने,घाममा जादाँ अतिरिक्त पोल्ने र दाबर आउने तथा चिसोमा औलाको रँग परिवर्तन हुने जस्ता लक्ष्यणहरु देखिन्छन् ।

मांसपेसीको बाथ : यो पनि महिलामा बढी देखिने एक प्रकारको बाथ हो । यसमा शरीरका विभिन्न मांसपेसीहरु दुख्ने ,कटकटी खाने आलश्य लाग्ने, निद्रामा समस्या हुने बारम्बार टाँउको दूख्ने जस्ता लक्ष्यण हुन सक्छन् ।

स्केलेरोडर्मा : यो बाथ राेग महिलामा महिलामा  बढि देखिन्छ । यो बाथ रोग भनेको छाला कडा हुने बाथ हो । यस बाथमा छाला संगै शरीरका भित्री अंगहरु जस्तै फक्सो, मुटु, खानाको नलीमा पनि असर पर्न सक्छ ।

बच्ने उपायहरू ः  बाथ हुने नदिन त कुनै उपाय छैन । तर बाथ रोगका जटिलताहरु बाट भने बच्न सकिन्छ । समयमा रोगको पहिचान र उपचार गरियो भने बाथ रोग पुरापुरी नियन्त्रणमा आउन सक्छ ।

बाथको उपचार ः  बाथ रोगको नियन्त्रणका लागी विभिन्न प्रकारका औषधीहरु र पद्दतीहरु उपलब्द छन् । रोगको धरण र जटिलता अनुसार औषधिको प्रयोग गरिन्छ । बाथ रोग भनेको दीर्घ कालीन रोग भएकोले औषधी पनि प्रायः लामो समयसम्म नै चल्छ । तर लक्षण शुरु भएको ३ महिनामा बाथ रोगको उपचार सुरु गर्न सकेमा बाथ रोग पुरा नियन्त्रणमा रहेर औषधी खान नपर्ने अवस्था पनि आउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here