सेयर बजारमा उच्च अंकको सुधार

72

काठमाडौं ।  लगातार घटिरहेको सेयर बजारमा मंगलबार र बुधबार उच्च अंकको सुधार आएको छ। साताको तेस्रो कारोबार दिन बुधबार आज नेपालको पुँजीबजार मापक परिसूचक (नेप्से) ९२.१६ अंकले बढेको छ। यससँगै नेप्से २५०७.७० विन्दुमा उक्लिएको छ।

मंगलबार पुँजीबजार मापक परिसूचक ५६.७३ अंकले बढेको थियो। पहिलो कारोबार दिन सोमबार नेप्से १७.९३ अंकले घटेको थियो। आइतबार सार्वजनिक बिदा परेका कारण सेयर बजार बन्द थियो।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कारोबार रकम पनि बढेको छ। आज कूल चार अर्ब ४१ करोड नौ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको छ। नेप्सेका अनुसार मंगलबार दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार रुपैयाँ बराबरकोमात्र कारोबार भएको थियो।

आज कूल २३३ वटा कम्पनीका ७९ लाख एक हजार ७९१ कित्ता सेयर ५४ हजार ३७६ पटक खरिद बिक्री भएका छन्। यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज १४.९१ अंकले बढेर ४७७.४४विन्दुमा उक्लिएको छ। आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here