पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि

36

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६० नमुनाको पीसीआर परीक्षण गर्दा २३७ जनामा संक्रमण देखिएको छ भने ३ हजार ८३८ नमुनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो।

सोही अवधिमा ३४९ जना कोरोना जितेर घर फर्किएका छन् भने १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

योसंगै मुलुकभर कोरोना संक्रमितकोा कुल संख्या ९ लाख २३ हजार १६ पुगेको छ । त्यस्तै निको हुनेको कुल संख्या ८ लाख १० हजार २७१ पुगेको छ। कोरोनाका  कारण हालसम्म ११ हजार ५८२ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको छ । जसमध्य ४ हजार ८१७ जना होम आइशोलेसनमा रहेका छन्। त्यस्तै २३१ जना संस्थागत आइसोलेसनमा छन्।

यसैगरी ७७ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here