काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री देउवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोग पदाधिकारीहरूले भेट गरी स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ गते गर्न उपयुक्त हुने प्रस्ताव गर्नुभएको छ ।


















