गृह जिल्लाबाट सुरु गरे अभिनयले साइकल यात्रा

156

दोलखा । गत फागुनमा विश्व शान्तिको कामना गर्दै नेपालीक‍ो पुर्व मेचीदेखि पश्चिमी महाकालीसम्म ३७ दिन पैदल हिडेर सफलता पुर्ण यात्रा पार गरेका पैदल यात्री अभिनय कार्की यतिबेला नेपाल भर १०० दिन साइकलको माध्यबाट भ्रमण निस्किएका छन् । उनि आज दोलखा जिल्लाको सदरमुकाम बाट आफ्नो यात्रा सुरु गरेका हुन । कार्कीले कालिन्चोक भगवती मन्दिर परिषद्बाट सुरु गर्ने भनियता पनि खराब मौसमको कारण चरिकोटबाट सुरु गरेको बताए । साथै कालिन्चोकमा पुगेर यात्राको समापन गर्ने बताए ।

द‍ोलखा जिल्ला कालिन्चोक गाउँपालिका ३ घर भएका कार्की फ्रस्ट्रेसन, डिप्रेशन र लागू औषध दुर्व्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एक जुट बनौं भन्ने मुल नाराका साथ आफूले साइकल यात्रा सुरु गर्न लागेको उनले बताए ।

उनले भने मैले धेरै समय अघिदेखि यात्रामा निस्कने मिती तोकि सकेको थियो । तर केही तयारी अपुगको कारण पटक पटक मिती सार्नु पर्यो । आजबाट म नेपालका पुरै ७७ वटा जिल्लामा साइकलका माध्यमबाट यात्राको लागि निस्किएको छु । निकै उत्साहित छु नै, उत्साहसँगै चुनौती पनि रहेको छ । उनले थपे चिसो मौसमका कारण केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । जसलाई सम्मेयम्ताको साथ पार गर्छु ।

यात्राका दौरानमा म प्रत्यक ७७ जिल्लाका जिल्ला सदरमुकाम र त्यहाँका विद्यालयमा फ्रस्ट्रेसन, डिप्रेशन र लागू औषध दुर्व्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एक जुट बनौं सन्देशका साथ जनचेतना मुलक कार्यक्रम गर्ने पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here