रुकुम पूर्वका अधिकांश गाउँ जनजिवन कष्टकर

71

रुकुम पुर्व । मंगलबार देखि मौसममा आएको बदली संगै रुकुम पूर्वका अधिकांश डाँडाकाँडा तथा गाउँ हिउँले ढपक्क छन् । यस वर्षको पहिलो हिमपात हो । हिमपातले जिल्लाको जनजिवन कष्टकर बनेको छ । बाक्लो हिमपात भएपछि लेकमा रहेका भेडीगोठ वेसी सारिएको छ । हिमपात भएपछि चिसो अत्यधिक बढेको र चरिचरणको अभाव हुने भएपछि भेडाहरु तल्लो भूभाग तिर सारिएको हो ।

हिमपात भइरहेकै अवस्थामा भेडी गोठालाहरु भेडा लिएर वेसी झरेका छन् । चरिचरणको राम्रो सुविधा हुने भएका कारण भेडी गोठ लेकमा राखिन्छ । तर हिमपात भएपछि चिसो बढेको र भेडालाई खानाको अभाव हुने भएपछि आफुहरु वेसी झरेको भेडा पालक किसान भूमे गाउँपालिका १ का आशबहादुर बढाले बताए । अधिकांश भेडीगोठ यसअघि नै वेसीतिर झारिसकिएका थिए ।
तर केही भेडीगोठ भने लेकमै थिए । हिमपात भएपछि ति गोठ पनि वेसी झारिएको बुढाले बताए ।

२, ३ फिटसम्म हिमपात भएकाले पाठापाठी बचाउन वेसी (औंल) झरेको उनको भनाई छ । अहिले वेसी झरेका गोठ अव गर्मि बढेपछि मात्र लेक लगिन्छ । जिल्लामा भेडा पालन धेरै हुने गरेको छ । गर्मियाममा भेडालाई पाटन तथा लेकाली क्षेत्रमा लगिन्छ भने चिसो सुरु भएपछि भेडा वेसी झारिन्छ ।

चिसो छल्न भेडाहरु रुकुम पश्चिमसम्म पनि ल्याईन्छ । पशुपालन अन्तरगत जिल्लामा सबैभन्दा बढी भेडा पालन गरिन्छ । विशेषगरी ऊनका लागि जिल्लामा भेडा पालन गरिन्छ । हिमाली जिल्ला रुकुम पूर्वमा ३१ वडा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले एउटा बाहेक सबै वडालाई हिमपातबाट प्रभावितको सुचिमा राखेको छ । हिमपात हुने अवस्थालाई मध्यनजर गर्दै उच्च, मध्यम र न्युन जोखिम युक्त जिल्लाका रुपमा वर्गिकरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here