त्रिविकाे जाडाे बिदा १५ दिन मात्र हुने

254

काठमाडौं । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विश्वविद्यालय अन्तर्गतका निकायहरुमा १५ दिन विदा गर्ने भएको छ । शैक्षिक सत्रमा असर नपर्ने गरी बढीमा १५ दिन हिउँदै विदा गर्ने निणर्य गरेको हो । विश्वविद्यालयले एक सूचना जारी गर्दे चालु शैक्षिक सत्रको हकमा विद्यार्थीहरुको नियमित पठनपाठन, परीक्षा एवं नियमित शैक्षिक गतिविधि प्रतिकूल प्रभाव नपर्ने गरी आ आफ्नो क्याम्पसमा सञ्चालित कार्यक्रमहरुको शैक्षिक सत्रलाई मध्यनजर गरी पुस तेश्रो सातादेखि क्याम्पस तथा विभागबाटै सूचना प्रकाशन गरी विदा गर्न सकिने जनाएको छ । साथै नियमित परीक्षा सञ्चालन भए यथावत गराउन, निकटमै परीक्षा हुने भई पठनपाठनमा अनिवार्य देखिए कार्यक्रमहरुको कक्षा यथावत सञ्चालन गर्न, नियमित पठनपाठन भइसकेकाहरुको हकमा शैक्षिक सत्रमा असर नपर्ने गरी बढीमा १५ दिन हिउँदे विदा दिन र नियमित कक्षा सञ्चालनमा संलग्न हुनुपर्ने भई हिउँदे विदा नपाउने शिक्षकहरुलाई सट्टा विदाको व्यावस्था गर्ने कार्यकारीको परीषद्को बैठकले निर्णय गरेकाले त्यसै अनुसार गर्न गराउन सबै निकायलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here