काठमाडौं । नेपालको पुरुष टोली र माउरिटियसको पुरुष टोली अर्को बर्ष (२०२२) एक-अर्का विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
अखिल नेपाल फुटबल संघका अनुसार आउँदाे माघ १५ माघ १८ गते दुई टोली आमने-सामने हुने भएका हुन्।
पूर्वी अफ्रिकाको मुलुक विरुद्धको दुबै मैत्रीपूर्ण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।
१ सय ७२ अौं फिफा वरियतामा अवस्थित माउरिटियस र १ सय ६९ अौं स्थानको नेपालको खेल फिफाको अन्तर्राष्ट्रिय म्याच ‘क्यालेन्डर’ अन्तर्गत पर्नेछन्।


















