एमसीसी सम्झौता खारेजको माग गर्दै २२ राजनितिक दल तथा मोर्चाहरूकाे विरोध प्रदर्शन

241

काठमाडौं। राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै २२ राजनितिक दल तथा मोर्चाहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

त्यस्तै राष्ट्रघाती एमसीसी सम्झौताविरूद्ध नेकपा (क्रान्तिकारी माओवादी), देभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जन मार्चा,नेकपा मसाल, नेकपा विप्लवलगायतका २२ राजनितिक दल तथा मोर्चाहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गरेमा अमेरिकी सेना नेपाल आउन सक्ने बताए ।

नेपाल बसेर चीन विरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको उनको भनाइ छ । छिमेकी देश वा अन्य देशविरुद्ध क्रियाकलाप गर्न आफ्नो भूमि प्रयोग गर्न नेपालले दिन नहुने भन्दै उनले यसका लागि एमसीसी स्वीकार्न नहुनेमा जोड दिए ।

उँहाले भन्नु भयो आज संसद भवन नजिक जाने कार्यक्रम भए पनि माओवादी केन्द्रको महाधिवेशका कारण संसद स्थगित गरेको गरेकाे  बताउनु भयो।

 आजको यो कार्यक्रम अब २२ गतेका लागि हुने पनि उँहाले जानकारी  दिनु भयो,। उँहाले भन्नु भयो शेरबहादुर देउवाले जसरी भए पनि एमसीसी सम्झौता संसदमा पेस गरेर पास गर्ने भन्ने हामीले सुनेका छौं।

त्यो हुन नदिन हामीले अझै आन्दोलनका कार्यक्रम घाेषणा गर्नु पर्ने हुन्छ त्यसैले संसद घेराउ गर्दा मात्र आउने होइन हामीले सधैं दवाब सृर्जना गर्नु पर्ने हुन्छ हामीले जहाबाट गरे पनि दबाब मूल्क कार्यक्रम गर्नु पर्ने वरिष्ठ नेता गजुरेलले बताउनु भयो।

सो कार्यक्रममा २२ दलका नेताहरूले एमसीसी खारेज नहुन्जेल यो आन्दोलन जारी रहने बताएका छन्।उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य हरिकृष्ण गजुरेललगायतका नेताहरूको उपस्थिति रहेको थियो।

 माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले ‘जनराष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, वैदेशिक हस्तक्षेप मुर्दावाद, देश बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

साे कार्यक्रमको संञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का नेता दिनेश शर्मा (सागर)ले गरेका थिए भने राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न सम्पर्ण देशभक्त नेपालीहरूलाइ लामवद्ध हुन समेत नेताहरूले आग्रह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here