ओमिक्रोन थप फैलिन नदिन सतर्कता

68

काठमाडौं । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलिन नदिन सतर्कता अपनाउन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सतर्कता अपनाउन र पूर्व तयारीका रहन निर्देशन दिएको हो ।

जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, एन्टिजिन किटद्वारा परीक्षण दायरा बढाउन, पहिचान भएका केशहरूको उचित व्यस्थापन गर्न, नजिकका सम्पर्कहरूको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्नलगायतका निर्देशन दिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नयाँ भेरियन्टबारे सचेत हुनुपर्ने बेला आएको बताए ।

सीमा नाकामा रहेका प्रवेश बिन्दुहरूबाट प्रवेश गर्ने यात्रुहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्थामा कडाई गर्न समेत सबै स्थानीय तह,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here