नेपाल महिला उद्यमी संघको नयाँ कार्यसमितिको अध्यक्षमा अध्यक्षमा रम्भा श्रेष्ठ

225

 काठमाडौं  / नेपाल महिला उद्यमी संघले आफ्नो ३० औ बार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ कार्यसमितिको चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा रम्भा श्रेष्ठ निर्वाचित भएकी छन् । निर्वतमान अध्यक्ष निरु रायमाझीले नयाँ बनेको कार्यसमितिका सदस्यहरुलाई स्वागत गरेकी थिइन् ।

नेपाल उद्योग बाणिज्य महासंघ अन्तगर्तको महिला समितिका उपाध्यक्ष समेत रहेकी श्रेष्ठ लामो समयबाट सफल व्यावसायिका रुपमा परिचित छन् भने विभिन्न संघसंस्था सँग आबद्ध भएर सामाजिक कार्यमा पनि सक्रिय रुपमा सहभागि हुँदै आएकी छन् ।

उनको नेतृत्वमा आरती नेपाल उपाध्यक्ष, रेखा अर्याल महासचिव, रमा देवी श्रेष्ठ कोषाध्यक्ष र कन्चन पोख्रेल, शान्ता बास्कोटा, रेनु बज्रचार्य, कान्ति सिजापति, लिला जोशी, निशा भट्टराई संस्थाको सदस्यमा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिलाई हाम्रो अनलाइन्  www.swaviman.com का तर्फबाट पनि हार्दिक बधाई !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here