आफ्नै साथीको कुटपिटबाट मृत्यु

50

लुम्बिनी । दाङको तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट गम्भीर घाइते भएका १४ वर्षीय एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पूर्वको बाफिकोट गाउँपालिका घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८, दुधेना बस्ने विशाल गिरी रहेका छन्।

उनलाई जेठ १९ गते बेलुकी तुलसीपुर–९, बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए। कुटपिटका कारण टाउकोमा गम्भीर चोट लागेका गिरीलाई तत्काल उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लगिएको थियो। उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सूर्य रानाका अनुसार कुटपिटमा संलग्न यज्ञ वलीलाई पक्राउगरी हिरासतमा राखिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार सामान्य विवादकै क्रममा कुटपिट भएको र त्यसै क्रममा गिरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here