अब खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल ल्याउन निषेध

103

 

काठमाडौं / सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अब खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल ल्याउन निषेध गरिएको छ ।

आठौँ चरणका खेलहरूदेखि सहभागी हुने क्लबका मुख्य प्रशिक्षक र मेनेजरबाहेक अरू अफिसियल तथा खेलाडीहरूलाई खेल हुने स्थलमा मोबाइल ल्याउन निषेध गरिएको हो ।

लिगमा सहभागी सबै क्लबका नाममा मंगलबार पत्र लेख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस्तो जानकारी दिएको हो ।

“आठौँ चरणको म्याचहरूदेखि सहभागी हुने यहाँको क्लबका हेड कोच र मेनेजरबाहेक अन्य अफिसियल तथा खेलाडीहरूले खेल हुने स्थलमा मोबाइल ल्याउन निषेध गरिएको हुँदा यहाँले साथमा नल्याई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,” एन्फा महासचिव इन्द्रमान तुलाधरले लेखेको पत्रमा भनिएको छ ।

आठौँ चरणका खेलहरू यही पुस २३ गतेदेखि सुरु हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here