ए डिभिजन लिगमा खेलाडीहरुले खेल स्थलमा मोबाइल ल्याउन निषेध

115

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी सहिद स्मारक ए डिभिजन लिगमा खेलाडी र अफिसियललाई मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध गरेको छ ।

एन्फाले मुख्य प्रशिक्षक र टिम म्यानेजर बाहेक अन्य अफिसियल र खेलाडीलाई खेल स्थलमा मोबाइल ल्याउन निषेध गरेको हो । एन्फाले बुधबार सहभागी क्लबलाई पत्र लेख्दै मोबाइल ल्याउन प्रतिबन्ध लगाईएकोबारे जानकारी दिएको छ ।

एन्फाले जारी लिगको आठौं चरणको खेलबाट उक्त नियम लगाईएको जनाएको छ । लिगको आठौं चरण शुक्रबारबाट सुरु हुनेछ । लिगमा मछिन्द्र शीर्ष स्थानमा रहदा मनाङ दोस्रो स्थानमा रहेको छ ।

यसैबीच अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई डाकिएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here