नेपाल–भारत जोड्न महाकाली नदीमा पुल निर्माण हुने

201

काठमाडौं । भारतले नेपाल–भारत जोड्न महाकाली नदीमा पुल निर्माण हुने भएको छ।

भारतीय केन्द्र सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा महाकाली नदीमाथि पुल निर्माण गर्न नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको हो।

भारतका विदेशमन्त्री एस जयशंकरले मन्त्रिपरिषद्‌को निर्णयबारे जानकारी दिँदै पुल निर्माण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णयले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गरेका छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आज (बिहीबार) मन्त्रपरिषद्‌ले महत्वपूर्ण नियर्णय गरेको छ: दार्चुलास्थित महाकाली नदीमा पुल निर्माणका लागि भारत र नेपालबीच समझदारी (एमओयू) भएको छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन यो महत्वपूर्ण कदम हो,’ विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्।

 

दार्चुला सदरमुकाम खलंगा र भारतीय शहर धार्चुलाको बीच भएर बग्ने महाकाली नदीमा हाल झोलुङ्गे पुल मात्रै छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here