आज छापावाल सुनको मूल्य घट्याे

114

काठमाडौं ।   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २२५ तोकिएको महासंघले जनाएको छ।  महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here