नेपाली चलचित्र ‘परस्त्री’ निमार्ण हुने

250

शुक्रवार काठमाण्डौमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली चलचित्र ‘परस्त्री’को घोषणा गरीएको छ । डि एस डिजिटल को ब्यानरमा निर्माण हुने चलचित्रमा दीपेन्द्र के खनालको लेखन रहने छ भने निरन्तर चलचित्र निर्माण गर्ने बघिनी निर्मात्री शर्मिला पाण्डेको लगानी रहने छ ।

चलचित्रलाई लभ लभ लभ मार्फत नायकमा डेब्यु गरेका नायक सुरज पाण्डेले निर्देशन गर्दै छन भने यसै चलचित्रमार्फत सुरजले निर्देशनमा पनि डेब्यु गर्ने लागेका हुन ।

सुरज निर्मात्री शर्मिला पाण्डेको सुपुत्र हुन भने उनकै जन्मदिनको उपहार स्वरुप सुरज पाण्डेलाई चलचित्र ‘परस्त्री’ निर्देशन गर्न आमा शर्मिलाले सो फिल्म छोरालाई उपहार स्वरूप भएको पनि बताएकी छन् ।

नेपालमा अहिलेसम्म नबनेको कथावस्तुमा डार्क थ्रिलर चलचित्र ‘परस्त्री’ बन्ने दाबी डेब्यु निर्देशक सुरज पाण्डेले गरेका छन । उनले आफुलाई अब निर्देशकको रुपमा अगाडि बढाउने पनि बताए ।

चर्चित सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको चलचित्र `परस्त्री´ घोषणा कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरु तथा सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्न लागेको यो छैठों चलचित्र हो । यस् अघि शर्मीला पाण्डेले निर्माण गरेको चलचित्र आमाले व्यवसायिक रुपमा बक्स अफीसमा राम्रै चर्चा कमाएको थियो भने सफल पनि भएको थियो ।

चलचित्र परस्त्री’को कथा ‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता समीक्षात्मक रुपमा सफल ठहरिएका फिल्मको लेखन, निर्देशन तथा छाँयाकन गरिसकेका दीपेन्द्र के खनालले लेखेका हुन । चलचित्र `परस्त्री´को कथा पूर्ण रुपमा नेपाली परिवेशमा तयार पारेको बताउँदै विदेशी फिल्मबाट प्रभावित नरहेको दाबी उनले गरेका छन ।

फिल्ममा अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका रहनेछ । फिल्मको घोषणा सभामा उनी भिन्नै गेटअपमा देखिएका थिए । फागुन तेस्रो साताबाट छायांकन सुरु हुने फिल्मलाई सिनेम्याटोग्राफर निरज कँडेलले खिच्नेछन् । फिल्ममा दीर्घ खड्काको सम्पादन रहनेछ भने गीतमा नायक कोशिश क्षेत्री स्वयमले संगीत भर्नेछन् ।

चलचित्र `परस्त्री´ को लोकेशन र मेकीङ हेभी रहेको प्रोडक्सन डिजाईनर शंकर पाण्डेले बताए । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । चलचित्र ‘परस्त्री’ नेपाली र हिन्दी दुवै भाषामा छाँयाकन हुनेछ ।

कार्यक्रममा फिल्मका लागि नायिकासहित अन्य कलाकार अडिसनबाट छनोट गरिने घोषणा पनि गरिएको थियो । चलचित्रमा कलाकार छनौटका लागि २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रका अन्य अभिनेत्री अडिसन मार्फत् छानिने जनाईएको थियो ।

कोभिडको मारमा चलचित्र क्षेत्र लगायत सम्पुर्ण क्षेत्र धरासाही भएको अवस्थामा पनि पुर्ण अर्गानीक नेपालीकथाहरुमा निरन्तर चलचित्र निर्माण गर्नसक्ने बघिनी निर्मात्री शर्मिला पाण्डेले निर्माण गरेको चलचित्र ‘चिसो मान्छे’ भने यही आँउदो बैशाख ३० गते प्रदर्शनमा आउने तयारीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here