तामाङ चर्चित कलाकारहरुको साथमा राक्सिराङ-८ ठूलो टोट्केमा सोनाम ल्होछार आयोजना हुँदै

177

राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका-८ स्थित ठूलो टोट्केमा मञ्जुश्री संवत् २८५८ औं (ताक ल्हो) सोनाम ल्होछार तामाङ नेतृत्व तामाङ सेलो जगतका चर्चित कलाकार हरुको साथमा २०८७ माघ १४ गते ठूलो टोट्के स्थित खेल मैदानमा हुने भएको छ।

कार्यक्रम बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा सु सम्पन्न हुने भएको छ भने बिशेश अतिथिको रुपमा तामाङ घेदुङ बाट काजी मान तामाङ,बागमती प्रदेश भौतिक पुर्वाधार राज्य मन्त्री सन्त बहादुर चेपाङ,गाउँ पालिका अध्यक्ष राज कुमार मल्ल,कैलाश गाउँ पालिका अध्यक्ष टंक मोक्तान लगायत सबै वडाका वडा अध्यक्ष लगायत विभिन्न पार्टीका राजनैतिक नेतृत्व हरुको उपस्थित रहनेजनाएको छ।

त्यस्तै कार्यक्रममा तामाङ सेलो जगतका चर्चित तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त गायिका जितु लोप्चन,चर्चित गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ,गायिका बिमला थिङ,गायिका रेश्मा बोम्जन,गायिका पुजा तामाङ , मोडल तथा डान्सर सोना थोकर, साथमा स्थानिय कलाकारहरु र मनहरी आस्था कला केन्द्रको बेजोड प्रस्तुति रहने बताईएको छ।

उक्त कार्यक्रम समुन्द्रीक सतह भन्दा २००० मिटर भन्दा माथी सतहमा हुने भएको छ भने कार्यक्रमको संयोजक सुर्य बहादुर थिङ, रहेको छ भने प्रचार प्रसार संयोजक,प्रकाश तितुङ,कार्यक्रम ब्यबस्थापन संयोजक,लिला राज थिङ,कलाककार ब्यबस्थापन संयोजक पुष्प राज थिङ,अतिथि सत्कार संयोजक उमेश थिङ,स्वयम सेवक संयोजक टंक बहादुर मोक्तान,अनुमान संयोजक समाज लामा र सल्लाहकार संयोजक होम बहादुर तितुङ रहेको पत्रकार सम्मेलन गर्दै स्थानीय नेता हस्त बहादुर मोक्तानले जानकारी दिए सँगै कार्यक्रम गर्नुको मुख्य उदेश्य तामाङ साँस्कृतिको प्रवर्द्धन र ठूलो टोट्के लाई पर्यटकीय गन्तव्य बनाउने मुख्य उदेश रहेको छ भने कार्यक्रममा लामा,झाँक्री (बोन्बो) ताम्बाहरुझाँकी लगायत राक्सिराङ भरिका तामाङ लगायत चेपाङ समुदायमा उच्च योग्दान पुर्‍याउने अग्रज ब्याक्तित्वहरुलाई सम्मान गरिने र कार्यक्रम सब्यभब्य बनाई दिनु हुन नेता मुक्तान बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here