एमाले मकवानपुरको ११औं जिल्ला अधिवेशनमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन

144

हेटौंडा –  नेकपा (एमाले) मकवानपुरको ११औं जिल्ला अधिवेशनले एकालाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।

कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, खुला उपसचिवमा हिदम लामा र महिलातर्फ सीता विष्टलाई चयन गरेको छ।

मकवानपुरको १० स्थानीय तहमध्ये थाहा नगरपालिका, बागमती, बकैया, मकवानपुरगढी, भीमफेदी, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकामा खुला तथा महिला गरी तोकिएका सदस्यहरूले मात्र उम्मेदवारी दर्ता गराएपछि भौगोलिक क्षेत्रअन्तर्गत ६ स्थानीय तह र हेटौंडा उपमहानगरलिका, जनजाति, मुस्लिम र अल्पसंख्यक महिला, मजदुरतर्फ गरेर ४७ जना जिल्ला सदस्य शनिबार नै निर्विरोध निर्वाचित भइसकेका थिए। अन्य सदस्य पनि निर्विरोध भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here