झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरूसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन्। आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टको उद्घाटनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘मुलुक संमृद्धितिर जाने देखेर देशी विदेशी मिलेर षड्यन्त्र गरेर एमाले सरकार ढाले।’
अध्यक्ष ओलीले नेकपा एमाले भएसम्म जनताले चिन्ता गर्नु पर्दैन भन्दै अबको एक वर्षपछि एमालेको सरकार बन्ने दाबीसमेत गरे। उनले अबको पाँच वर्षपछि देश कसरी बन्दो रहेछ हेर्नुहोला भन्दै देश विकासका लागि एमालेको सरकार बनाउन लागि पर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए।
यस्तै अध्यक्ष ओलीले पर्यटन विकासको लागि वाटरपार्क निर्माणले ठूलो योगदान दिने धारणा समेत राखे। उनले वेद, उपनिषद्, पुराणलगायतको रचना पनि एक नम्बर प्रदेशमै भएको भन्दै उनले एक नम्बर प्रदेशलाई विद्धान्हरूको प्रदेशको संज्ञासमेत दिए। नागरिक दैनिकबाट


















