एमसीसी राष्ट्रघाती भएकाले पास गर्न नहुने पक्षमा किरण

74

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य ‘किरण’ले अमेरिकी सहयोग परियोजना, एमसीसी राष्ट्रघाती भएकाले पास गर्न नहुने जनाएका छन्।

  मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। भारतले नेपालको दार्चुला जिल्लामा सडक बनाइरहेको तर सरकार बोल्न नसकेको भन्दै उनले आपत्ति जनाए।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक पटक कालापानीको नेपाली क्षेत्रमा सडक विस्तार गर्ने सार्वजनिक रुपमा भनेका छन्। तर, यो सरकारले किन बोलेन?’ उनले भने, ‘अब सरकार नबोलेपनि देशको स्वाधीनता जोगाउन सच्चा क्रान्तिकारीहरू बोल्नुपर्ने छ।’

नेपाली कांग्रेस, एमाले , माओवादी र राप्रपाको महाधिवेशन हेरेर अब यी राजनीतिक पार्टीबाट देश विकास हुँदैन भन्ने प्रष्ट भएको उनको धारणा छ। उनले अहिले भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू कमजोर भएका कारण देश कमजोर भएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here