बुधबार नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

79

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या तीन हजार कटेको हो।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गर्दा पिसिआर परीक्षणबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here