दल दर्ताको लागि हृदयेश त्रिपाठी निर्वाचन आयोगमा

110

काठमाडौं । दल दर्ताको लागि हृदयेश त्रिपाठी निर्वाचन आयोगको कार्यालय पुगेका छन् । त्रिपाठीले केही समय पहिले जनता प्रगतिशली पार्टी खोल्ने घोषणा गरिसकेका छन् ।

निर्वाचन आयोगसँग निरन्तर परामर्शमा रहेका त्रिपाठी आज दल दर्ताको लागि आयोगको कार्यालय पुगेका हुन् । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ ।

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा हुनेछ ।  निर्वाचनको मिति घोषणा भैसक्दा दल दर्ता गर्न पाईने कि नपाईने भनेर परामर्शमा रहेका त्रिपाठीले आयोगका अधिकारीबाट सकारात्मक जवाफ पाएपछि आज दल दर्ताको लागि आयोग पुगेका हुन्। उता, राप्रपा परित्याग गरेका कमल थापाले पनि आउने आईतबार दल दर्ता गर्ने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here