भूगोल साहित्य समाजकाे विशेष कवि गोष्ठी सम्पन्न

107

काठमाडौं । ‘भूगोल साहित्य समाज’ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर विशेष कवि गोष्ठीको आयोजना गरेको छ ।

काठमाडौंमा आयोजित कविता गोष्ठीमा विभिन्न स्रष्टाहरूले आफ्ना रचना वाचन गरे । दुई घण्टासम्म भएको कविता गोष्ठीमा कविहरू लव गाउँले, पुनम घिमिरे, मुकुन्द अर्याल, नरराज आचार्य, प्रकाश घायल, ओम आचार्य, लब खड्का, निशा केसी, महेश रिजाल, गुप्तबहादुर श्रेष्ठ, रेणु अधिकारी, मन्दिरा मधुश्री, बुद्धिराज पाण्डे, राधिका गुरागाईं, धरणीधर गुरागाईं, विमला खड्का, एलपी पराजुली, हरिश्चन्द्र गौतम, सीता विष्ट कार्की, दिनेशविक्रम थापा, नवराज पुडासैनी ज्योत्सना, शैलेन्द्रकुमार शाहलगायतले आफ्ना काव्य रचना वाचन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here