कारोबारको अन्तिम दिन आज सेयर बढ्याे

94

काठमाडौं ।  साताकाे अन्तिम काराेबार आज बिहीबार सेयर बजार बढेको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुग्यो।

बुधबार घटेको सेयर बजार अन्तिम कारोबार दिन भने बढेर बन्द भएको हो। बुधबार सेयर बजार ३०।५१ अंकले घटेको थियो।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बिहीबार ८.९४ अंकले बढेर ५३०.८३ विन्दुमा पुग्यो।

बिहीबार सेयर बजारका प्राय सबै समूहको उपसूचक उकालो लाग्यो। ुअन्यु समूहको उपसूचक भने ३।४१ अंकले घट्यो।

बिहीबार सेयर बजारमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँको कारोबार भयो। सेयर बजारमा जम्मा ७७ हजार ६६८ पटक कारोबार हुँदा १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच भयो।

बिहीबार सेयर बजार बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार सेयर बजारमा ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here