नेपाल–भारतबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट आवश्यक

122

काठमाडौं ।  सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई देश (नेपाल–भारत)बीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले उक्त कुरा प्रष्ट पारेका हुन्। ‘दुई देशको बीचमा रहेको ऐतिहासिक सम्बन्धलाई मनन गरेर कूटनीतिक पहल अगाडि बढाउन सरकार तयार छ,’ उनले भने, ‘कूटनीति माध्यमबाट नै सबै काम अघि बढाउनुपर्छ।’

नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले एकपक्षीय रुपमा सडक निर्माणको काम अघि बढाएको छ। सडक निर्माणको काम रोक्न भारतलाई सरकारले आग्रह गर्दै आइरहेको छ। तर, प्रभावकारी रुपमा पहल हुन सकेको छैन।

‘हामी ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न तयार छौं,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here