आजदेखि ललितपुरमा काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाउने सुरु

120

ललितपुर ।  आजदेखि ललितपुरमा काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाउने सुरु भएकाे छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइने भएकाे छ ।  त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे छ ।  खाेप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

ललितपुर महानगरपालिकाले सुमेरु अस्पताल, सर्वाङ्ग अस्पताल, अल्का अस्पताल, स्टार अस्पताल, निदान अस्पताल, बिएन्डबी अस्पताल, मेडिसिटी अस्पतालमा गएर खाेप लगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here