अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेल पूरा

131

काठमाडौं । अफ्रिकामा जारी महादेशकै सबैभन्दा ठूलो राष्ट्रिय टिमको फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेल पूरा भएका छन्। बिहीबार राति समूहको अन्तिम खेलमा मालीले मोरिसियानालाई २–० ले हराएसँग समूह चरणका खेल सकिएका हुन्। यससँगै छ समूहका १६ टिम प्रि क्वार्टरफाइनलमा पुगेका छन्।

प्रतियोगिताको छ समूहमा २४ टिमको सहभागिता थियो। त्यसबाट आठ टिम बाहिरिएका छन्। हरेक समूहको शीर्ष दुईमा रहने टिम अन्तिम १६ मा पुगेका छन् भने तेस्रो भएका उत्कृष्ट चार टिम पनि प्रिक्वार्टरफाइनलमा पुगेका छन्।

समूह चरणमा क्यामरुन, सेनेगल, मोरोक्को, नाइजेरिया, आइभोरी कोस्ट र माली समूह ए, बी, सी, डी, ई र एफका विजेता बनेका छन्। त्यस्तै ती समूहमा बुर्किना फासो, गिनी, गाबोन, इजिप्ट, इक्वेटेरियल गिनी र गाम्बिया उपविजेता बनेका छन्। तेस्रो हुँदै ट्युनिसिया, कोम्रोज, मलावी र केप भड अन्तिम १६ मा पुगेका छन्।

यस्तो छ प्रि क्वार्टरफाइनलको समीकरण

बुर्किना फासो र गाबोन : आइतबार राति पौने १० बजे

नाइजेरिया र ट्युनिसिया : आइतबार राति पौने १ बजे

गिनी र गम्बिया : सोमबार राति पौने १० बजे

क्यामरुन र कोमुरोज : मंगलबार राति पौने १ बजे

सेनेगल र केप भड : मंगलबार राति पौने १० बजे

मोरोक्को र मलावी : मंगलबार राति पौने १ बजे

आइभोरी कोस्ट र इजिप्ट : बुधबार राति पौने १० बजे

माली र एक्वेटेरियल गिनी : बुधबार राति पौने १ बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here