काठमाडौं । नेपाल प्रहरी र थानकोट जेसिजले निःशूल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तीब्र दिएको छ ।
‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत तीब्र रुपमा फैलिरहेको ओमिक्रोण संक्रमणलाई रोकथाम तथा न्यूनीकरणका लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशूल्क मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रम’ भुभारम्भ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठ र नेपाल जेसिजका राष्ट्रय अध्यक्ष योगिराज अधिकारीले एक हप्ते कार्यक्रमको सुभारम्भ गरेका हुन् । चन्द्रागिरी नगरपालिका–६ का वडाध्यक्ष सञ्जय सिग्देल र ७ का वडाध्यक्ष सम्भूकुमार केसीले कोरोना महामारी रोकथाम र जनचेतना मूलक कार्यक्रम स्थानीय सरकारको पहिलो दायित्व रहेका बताए ।
नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगी राज अधिकारीले आम नागरिकहरुको स्वास्थ्यप्रति जेसिज गम्भीर रहेको बताए । त्यस्तै थानकोट जेसिजका अध्यक्ष रोशन दानी, थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्य, पूर्व अध्यक्षहरु सलिम श्रेष्ठ, पेशल खतिवडा तथा स्थानीय स्माजसेवीहरुको उपस्थितिमा राजधानीबाट बाहिरिने तथा भित्रिने सवारी साधनका चालक, यात्रु तथा सडकमा हिँडडुल गर्ने समेतलाई गरी करिब १००० (एक हजार) पिस मास्क वितरण गरिएको थियो ।
आजबाट सुरु भएको यस अभियान सामाजिक दूरी कायम गरी थानकोट, नागढुङगा, गुर्जुधारा, नैकाप, दहचोक, तीनथानलगायतका स्थानहरुमा एक सातासम्म चल्ने थानकोट बृत्तले जनाएको छ ।

















