भाषासेवी पूर्वसांसद लक्ष्मीदास मानन्धरको अन्त्येष्टि

110

काठमाडौं । पूर्वसांसद लक्ष्मीदास मानन्धरको विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न भएको छ । ठहिटीस्थित उहाँको निवासबाट इन्द्रायणीसम्म शवयात्रा गरिएकाे थियाे ।

दिवंगत मानन्धरलाइ श्रद्धाञ्जली अर्पणका लागि विभिन्न पार्टीका नेतालगायत कार्यकर्ता एवं नेपालभाषा क्षेत्रका अगुवाहरू बाक्लाे उपस्थिति थियाे । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहनुभएका उहाँको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो ।

अस्पताल पु¥याएको केही बेरमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिनुभयो ।

विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उहाँ संस्थापक सञ्चालकका रुपमा रहनुभएको थियो । लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उहाँ एक जना मात्र जीवित हुनुहुन्थ्यो ।

लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आउनुभएको थियो । नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उहाँ त्यसको संस्थापक सञ्चालक बन्नुभएको हो । व्यवसायका साथै उहाँ नेकपा (एमाले) को राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो ।  नेपाल भाषाको सम्वद्र्धनमा पनि काम गर्नुभएका मानन्धरका दुई छोरा र दुई छोरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here