शेयर बजार दश अङ्कले घट्यो नेप्से

184

काठमाडौं / लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोवार रकमसमेत घटेको छ । कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर रु ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद–बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उप–समूहको शेयर वृद्धि भएको छ भने आठ उप–समूहको शेयर घटेको छ । विकास बैंक १ दशमलव ५१, वित्त शून्य दशमलव ०४ र सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले बढेको छ । यस्तै बैंकिङ ६ दशमलव ९२, होटल १४ दशमलव ६८, जलविद्युत् १३ दशमलव ३३, जीवन बीमा ८५ दशमलव २७, उत्पादन २९ दशमलव १, अन्य ७ दशमलव ९६, लघुवित्त १५ दशमलव ०५ र जीवन बीमा ७३ दशमलव ८८ अङ्कले घटेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड १० लाख एक हजार ३७५ मूल्यमा शेयर खरीद बिक्री भएको छ । यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड ३२ लाख ७७ हजार, चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड २८ लाख ६३ हजार, सिभिल बैंकको संस्थापक शेयर रु दुई करोड २३ लाख ८५ हजार, नेपाल बैंक रु दुई करोड २३ लाख ३७ हजार र नेपाल इन्भेस्टमेण्ट बैंकको संस्थापक शेयर रु एक करोड ९७ लाख १० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

घटेको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९३ प्रतिशतले कमाएको छ । त्यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९ दशमलव ८२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ८ दशमलव ५९, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव ९८, मितेरी डेभलपमेण्ट बैंक २ दशमलव ७८ र सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १ दशमलव ९७ प्रतिशतले कमाएको छ ।

स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्था ६ दशमलव ५५, शिखर इन्सुरेन्स कम्पनी ६ दशमलव ४५, सिभिल बैंक लिमिटेडको संस्थापक शेयर ५ दशमलव १२, नयाँ नेपाल लघुवित्त विकास बैंक ५ प्रतिशत र पाँचथर पावर कम्पनीका शेयरधनीले ४ दशमलव ७९ प्रतिशतले गुमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here