आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेकाे मेयर शाक्य खुलासा

148

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले  आइतबार दुईवटा आकाशे पुलको  शिलान्यास गरेका छन्।

शाक्यले वडा नम्बर ७ को चाबहिल चोक र मित्रपार्कमा पुल शिलान्याश गरेका हुन्।  चाबहिल चोकमा ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइ तथा मित्र पार्कमा १६ मिटर लम्बाइ र दुई मिटर चौडाइका पुल निर्माण गर्न लागिएको हो।

भीडभाड बढी हुने क्षेत्रमा दुर्घटना कम गर्न पुल निर्माण गर्न लागिएको शाक्यले बताए। उनले भने, ‘काठमाडौ महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ। अझ चाबहिल चोकका बाटो फराकिलो भए पनि अत्याधिक जाम हुने ठाउँ हो।’

वडा नम्बर ७ का अध्यक्ष शुद्ध डंगोलले चाबहिल चोक जतिखेर पनि जाम हुने र भिडभाड पनि बढी हुने भएकाले यो स्थानमा आकाशेपुल निर्माण  गर्न लागेको बताए। काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले ट्राफिक व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले सडक विभागको समेत समन्वयमा आकाशेपुल निर्माणको अभियान अघि बढाएको जनाए ।

अहिले चाबहिल र मित्र पार्कमा बन्न लागेका दुई पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रुपैयाँ रहेको छ। महानगरपालिकाका इञ्जिनियर प्रेमकुमार श्रेष्ठले अहिलेसम्म माइतीघर चोक, चाबहिल चोक र डल्लुमा यस्ताखाले पुल निर्माण भएको भन्दै आज चाबहिल चोक र मित्र पार्कमा शिलान्यास भएको बताए। उनले जयबागेश्वरी र विजयश्वरीमा पनि निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here