काठमाडौं । तालिबानका सदस्य नर्वेमा पश्चिमा देशका अधिकारीहरुसँग आज बैठकमा बस्न लागेका छन्। अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि पश्चिमा देशका अधिकारीसँग तालिबान सदस्यको यो पहिलो भेट हो।
यो तीन दिवसीय बैठकमा मानवअधिकार र मानव त्रासदी जस्ता मुद्दामा विशेषरुपमा चर्चा हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। संयुक्त राष्ट्र संघका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त खाना छैन। तर युरोपमा केही मानिस तालिबानका साथ भइरहेको यो बैठकको विरोध गरिरेहका छन्। केही स्थानमा प्रदर्शन पनि गरिएको छ। प्रदर्शनकारीहरुले तालिबानसँग बैठक गरेर उनीहरुलाई वैधानिकता दिन खोजिएको आरोप लगाइरहेका छन्।
आइतबार तालिबान सदस्यले मानवअधिकार कार्यकर्तासँग भेटवार्ता गरेका थिए। तर उनीहरुबीच के मुद्दामा छलफल भयो भन्नेबारे स्पष्ट पारिएको छैन। बैठकमा तालिबानले निश्चित रुपमा अरबौं डलर रकम दिनका लागि अनुरोध गर्न सक्ने अनुमान गरिएको छ जुन अहिले रोकिएकोफ छ।


















