नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित

97

काठमाडौ ।  नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ। माघ २१ र २२ गतेको लागि निर्धारित दशौं राष्ट्रिय महाधिवेशन विश्वव्यापी कोरोना महामारीको कारण स्थगित गर्नुपरेको संघले जनाएको छ।

‘विश्वव्यापी कोरोना महामारीको कारण सरकारी निर्देशन बमोजिम स्थगित गर्नु पर्ने वाध्यताको कारणले हाल लाई अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित गरिएको व्यहोरा अनुरोध छ।’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै विभिन्न समितिका कार्यहरु सुचारु राख्न समितिका संयोजक तथा सदस्यहरुलाई संघले आग्रह गरेको छ। समय अनुकुल भएपछि महाधिवेशनको मिति सार्वजनिक गरिने संघले जनाएको छ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here