स्थानीय तह निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह

143

काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति छिटो तोक्न सरकारलाई आग्रह गरेको छ।

२०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन भए पनि पहिलो चरण ०७४ वैशाख ३१ लाई आधार मानेर स्थानीय तह निर्वाचनको नयाँ मिति तय गरिनुपर्ने जिकीर आयोगको छ। स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ सम्म मात्रै हुने आयोगले जनाएको छ।

स्थानीय तहको कार्यकाल समाप्त हुनुअगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने आयोगले बताएको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर आयोगको परामर्शमा सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्नुपर्ने उल्लेख गरेका छन्। उनले वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको पनि जनाएका छन्।

तर सत्तारूढ गठबन्धन र सरकार भने निर्वाचनको मिति तय गर्नुभन्दा पनि निर्वाचन ऐन २०७३ लाई संशोधन गर्ने तयारीमा जुटेका छन्। संविधानअनुसार निर्वाचन ऐनका व्यवस्था बाझिएकोले संशोधन गरिनुपर्ने जिकीर सत्तागठबन्धनका नेताहरूको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here