काठमाडाैं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि वहाँलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । वहाँको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले वहाँको उपचार गरेको हो ।
आइसियुमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोेले वहाँलाई घरजाने सल्लाह दिइएको डा.पोखरेलले बताउनुभएको छ । यद्यपि, कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको वहाँँले बताउनुभयो ।
अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेस एण्ड एजुकेसन डा.निलमणी उपाध्यायका अनुसार उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्तिसहितको नेपाल मेडिसिटी अस्पतालले वहाँको उपचार गरेको र स्वास्थ्य स्थिती सुधार भएका कारण मंगलबार डिस्चार्ज गरीएको बताउनुभएको छ । वहाँलाई स्वास्थ्यमा कुनैपनि प्रतिकुलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको समेत डा. उपाध्यायले बताउनुभएको छ ।


















