आगामी राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्दै

163

काठमाडौं । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। यसअघि माघ २ गते बैठकको मितिका लागि सूचना सार्वजनिक गर्ने बताइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here