मधेशभित्र जनकपुर जानकी मिथिला खोज्दै !

163

– जगदीशराज बराल

१-मातृभूमि नेता गज्जु बाबूलाई सम्झदै जनकपुर !

प्रदेश २ को संसद्ले बिधिवत दुईतिहाइ बहुमतबाट ुमधेस प्रदेशु घोषणा गरेको छ । तर मातृभूमि नेता गजेन्द्र नारायण सिंह –गज्जु बाबू ! बाँचेका भए यस्तो नामकरण हुने सम्भावना थिएन ,उहाँ बाँचुञ्जेलसम्म तराई मधेसमा न त कुनै सशस्त्र समूह अस्तित्वमा आएको थियो न त कसैले राष्ट्र विखण्डनको कुरा नै गरेको थियो , उहाँ बाँचुञ्जेलसम्म नेपालको राजनीतिमा मधेसबाद शब्दको प्रयोग भएको थिएनू (श्रीमन नारायण, ुगज्जुबाबुपछिको मधेस राजनीति ,गोरखापत्र,माघ १०,२०७८) भन्ने बिचार सँगै धनुषा बस्दा खपडा(झिङ्गटीको छानो भएको लामो चटक्क घुमेको गज्जुबाबुकों देहाति कामतघरमा गएर चना चीऊरामा दही मिसाएर अत्यन्त आत्मीय सत्कारसाथ दिउँसोको नास्ता खुवाएको समझना पनि छ । मधेस न्वारनले मर्माहत जनकपुर-जानकी र सिंग्गो मिथिला सभ्यताले  नेता गजेन्द्र नारायण सिंहलाई यतीबेर झन बढ़ी संमझिएको छ । गज्जुबाबूको २०औं स्मृति दिवशको उपलक्ष्यमा उहाँप्रति सादर श्रद्धासुमन !

२- जनकपुरको पक्षमा !

कमला-मिथिला-जानकी-सीता एकै हुन् भन्ने पनि जनकपुरमा सुनेकोले सूनौलो इतिहास र सभ्यताको प्रदेशलाई मिथिला वा जानकी नामाकरण गरेको –जनाएको भएपनि त हुन्थ्यो । तर,म त प्रदेशको नाम जे जे राखेको भए पनि अहिलेसम्म जनकपुर प्रदेश कै पक्षमा हो ।

मेरो जन्म जंककपुर अञ्चलमा भएको भनेर मात्र पनि हैन(न त पहाड़ छोड़ेपछि जीपबाट तराइको पहिलो पाइला जनकपुरमा टेकेको भनेर पनि हुँदै हैन ! मेरो शादी गोपाल धर्मशालाबाट भएकोले होला जनकपुर जनकपुर भनेर हिरिकक भएको भनी न ठानिदिनूहोला – न त पहाड़को गाउँमा मलाई जनक जनक भनेर बोलाउने नाम भएकोले पो हो की भनेर पनि शंका नगरीदिनु हुनेछ( तराई आन्दोलन पछि  अहाँ हाकिम भयाके जनकपुर आओई छे तो काँधमे बीठाके रखवे भनेर जनकपुरका तराइबासी( स्थानीय भासी)कर्मचारी साथीहरुले आत्मादेखि मायाँ गर्दै स्वीकारेकाले फुर्केर जनकपुर भनेको पक्कै होइन ।

बरु ,दुनियाँका अरबौं हिन्दू धर्माबलम्बी सहित अरु धर्मालम्बी एबं युरोपियन यूनियनको ब्रूसेल्सदेखि महामहिम बाइडनको वाशिंगटन महामहिम जी सिंग को बेजिंग देखि सम्माननीय मोदिजिकों भारतीय कस्मिरसे लेके कन्या कुमारीतक् का जनतालेसम्म सहजसाथ नाम लिने गरेको राजा जनक मात्र हैन बिधापति,कालिदास,यज्ञबल्कय,रावण मन्दोदरी लगायतकों इतिहास(राजनीति)पिताजीको उपनामले चर्चित स्व. कृष्णप्रसाद कोइरालाको धर्मथालों दुम्जा पहिलेको जनकपुर अञ्चलमा परथ्यो० –सांस्कृतिक(धार्मिक-सामाजिक-यातायात ब्यापारको बिकास सबै पक्षमा सदा स्मरणीय,सम्पूर्ण इतिहास हो-जनकपुर !

३-तराइबासी ९स्थानीय भाषि० जनताले पीड़ा सहेर देखाएको देशभक्ति र राष्ट्रवाद !

तराइबासी ( स्थानीयभाषि )नेपाली जनताको देशभक्ति र राष्ट्रवादमा राज्यले भरोसा नगरेको भए अहिलेको जती पनि दक्षिणसीमा रहने थिएंन । तीलाछिका धोती कुरथा लाएका जनताको हातमा बाँध डुबान ब्यबस्थापन गर्न बोकेका लाठी भालाहरुले धोती कुरथा लाएका आफूलाई तराई मधेशको मधेशबादी मुक्तिदाता ठान्ने तर त्यहाँका जनताले प्राकृतिक प्रकोपमा दुख भोगनू पर्दा वा सीमा अतिक्रमण हुँदा वा घर सांगलोंको उठीबास हुने गरी बनसांगलोलाई नागरिकता बितरण गर्दा    चूइक्क नबोल्ने नेता अनि तराई अतिक्रमण, सीमा किचलो र बिबादस्पद नागरिकता बारे केही नबोल्ने दौरा सुरुवाल टोपी नेताहरुको भन्दा बढ़ी नै राष्ट्रवाद र देशभक्ति प्रदर्शन गरेका थिए । तराइबासी (स्थानीयभाषि ) नेपाली जनताले बहुल सामाजिक अनेएकतामा एकता चाहेका छन,बर्गीय र सामाजिक ब्यबहारको बीभेदमा समानता खोजेका छन,बहू देशभक्ति र बहु राष्ट्रवादको दर्शनले सिर्जना गर्ने पराधीनताको भूकत्तमान–कन्तबीजोगको तृष्णा उनीहरुमा पक्कै छैन ।

मधेस केन्द्रित पार्टीहरू जो आफैँभित्रको विवादमा अल्झेका छन् । विगतमा तराई–मधेसमा भारतीय तटबन्धबाट डुबानमा परेका तराईवासी जनताको पीडा होस् वा भारतद्वारा दक्षिणी सीमाना मिचिएको कुरा होस् मधेसवादी दलहरूको मौनताबाट तराईका बौद्धिकवर्ग तथा जनसाधारण दुःखी छन् । यता आफूलाई राष्ट्रिय पार्टी भनाउँदाका नेताहरू पनि भारतीय मामिलामा खरो उत्रिन सकेका छैनन् । सबैलाई आ–आफ्ना निहित स्वार्थ छन् ! रामनारायण देव ,पूर्व वरिष्ठ पत्रकार,गोरखापत्र संस्थानका पूर्व कर्मचारी तथा राजनीतिक विश्लेषक -लिम्पियाधुरा–लिपुलेकको ऐतिहासिक तथ्य । गोरखापत्र । माघ ०४ गते  बि। सं। २०७८ ।० ।

४-रजगज उन्मुख सभ्रान्त प्रतिगमन :

पहाड़े मधेश मधीसे पहिचान-अग्रगमन हैन यो त आफैलाईं स्वयं संकुचन ,खूमचन पार्न तथा सधै सानो हून मन गरेको होसकुंठित-आत्मकेन्द्रित तथा सर्वहारा एबं निम्न तल्लो बर्गलाई यस्तै मनोदशामा भाबुक बनाएर तराइका मुठ्ठीभर मानिस चंदलोगको लागि रजगजगर्ने तम्मतयारीको सभ्रान्त प्रतिगमन पो हो की जनमनमा आशंका पनि थपिएको छ । आफनू भित्र लुकेको राजनीति अनुकूलको पक्षमा बहस गर्ने र  नगर्नेलाई नेताहरुले अग्रगमनकारी  प्रतिगमनकारी भन्दै कित्ताकाट गर्ने धन्दालाई पनि अब मेलमिलाप र एकताको पक्षमा समाप्त गर्नुपर्छ ।

सात दशकअघिसम्म तराईलाई मधेश नभनेर तराई नै भनिन्थ्यो । नेपालमा प्रजातान्त्रिक आन्दोलनको बिजारोपण भएको समय (सन् १९४०)देखि राजनीतिकर्मीहरूले ‘मधेश’ शब्दको प्रयोग गर्न थालेका हुन् । अब प्रदेशको नामसमेत क्षेत्रियतावादी पहिचान समेट्ने गरी चयन भएपछि त्यहाँ नेपालको चिनारी झल्काउने तराइबासी नेपाली जनताबाहेक अरु के बाँकी छन् भनी खोजिनीति गर्नुपर्ने अवस्था आएको छ । तराइबासी नेपालीको देशभक्ति र राष्ट्रवादमा शङ्का गर्नुपर्ने कुनै कारण र अवस्था छैन, तर तराईलाई केन्द्र मानेर राजनीतिक जीविका चलाउने अधिकाङ्श नेतामाथि भगवान् पनि विश्वास गर्न सक्दैनन् । २०६३ को परिवर्तनपश्चात कुनै जनतान्त्रिक तराई मुक्ति मोर्चा र मधेशी जनअधिकार फोरम नामक समूहहरूले सम्पूर्ण तराईलाई मधेश भन्दै स्वायत्तताको मुद्दा उठाएर हिंसात्मक चरित्रको सङ्घर्ष गरेको थियो । थारु र मुसलमानलगायतका अन्य केहीले ‘एक मधेश एक प्रदेश’ को अवधारणाविरुद्ध एकतावद्ध प्रतिवाद नगरेका भए सिङ्गै तराईलाई मधेश नामाकरण गरेर विभाजनको पृष्ठभूमि बनाइने निश्चित थियो । (देवप्रकाश त्रिपाठी, ‘जय मधेश, गए‘ घटना र बिचार साप्ताहिक,२०७८ माघ १० गते) भन्ने जस्ता छलफलजन्य बिचारहरु पनि उब्जिएका छन ।

५- क्षणिक आनदंको दिशाहीन मनोदशाको प्रस्फुटन :

बिराटनगर तिनटोलियाका अनन्त किशोर मल्लीकले कसैको निगाह बिना लोकसेवा शाखा अधिकृतमा सर्वोतक्रिस्ट भएकोमात्र हैन सबै बिचारधाराको उत्कृष्ट देशभक्त पुराना तराइबासी स्थानीयभाषी  नेताहरूको बलिदान संझदै गर्वले-हामी देशभक्त धोती कुरथा लाउने नेपालीले यो तराईलाई रक्षा गरेको, हामी नेपाली हो यो-दौरा सुरुवाल लाउनेले त देश कहाँ पुरयाऊँने हुन ठेगान छैन(हामीलाई त हाम्रो सुनकोशि रॉलवालिङ्ग पो चाहिन्छ,हामीलाई प्रभावकारि सेवा प्रबाह चाहिन्छ ,बर्गीय बिभेद चाहिन्छ ,सामाजिक एकता चाहिन्छ,आफैं बिस्थापीत हुनेगरी बाडीने नयाँ नागरिकताको बिरोध, हाम्रो पुरानु सीमा चाहिन्छ ,लोक कल्याण –सामाजिक न्याय –अखिलेश लालू मायाबाती नीतीशको हैन नेपालको समाजबाद चाहिन्छ जस्ता भन्नु गर्नु पर्नेमा ुहे १ सिडिओ पीडिओ तोरा आदेश पत्र हम कुछ नहीं जनएछे यदि हमर खेसरीलाल यादब के नौटंकी देखाने हमरा नहीं देओई छे तो हे सुनो १पूरै गाउँमे आग लगवा देंगे भन्ने अहिलेका ब्यबहारले क्षणिक आनदंको दिशाहीन मनोदशाको प्रस्फुटन त होला । तर, हाम्रा पूस्ताहरुको सांस्कृतिक , बौद्धिक ,सामाजिक चेतनापरक,प्रगतिशील सशक्तिकरणको बदला अरब प्रस्थान तथा  ुजीमदार-चक्रब्याज मालिकु निगाहपूर्ण चरण कमाल सशकत्तीकरणको सधै शुभयात्रा हुनेछ ।

सर्लाहीको एक जना एबं सप्तरीका चौधरी थरका अर्का पुराना तराइबासी(स्थानीयभासी)दलीय पूर्व सांसद नेताले पछि  बनाएका नयाँ नागरिकले राजमार्ग लगायत  महत्वपूर्ण स्थलका सबै जमीन ओगटने भए ,हामीले बोली साध्यै छैन( केही बोलनै हुँदैन- तपाईहरूले आवाज उठाउनु पर्यो नि  भनेर म सहित अरु एकजना तराइबासी९ नेपाली भासी०सित भक्ततपुर नयाँ ठिमी क्षेत्रको एक पसलमा भनेको कुरा सुन्दा अचम्म लाग्छ ।

६- मधेशबादी नेताहरुलाई बधाई शुभकामना !

आफूले आदिबाशीहरूको कत्लेआम गर्दै श्रोत साधन जमीन कब्जा गर्दै धर्म समेत परिवर्तन गर्न लाएका उहिलेका उपनिबेशबादीहरुका बर्तमान समृद्ध बहुरूपी सन्ततिहरुले गरीब मुलुकमा दिने मानब अधिकार –आदिबासी अधिकार -उत्पीड़न अधिकार बहु राष्ट्रवादको दर्शन(लगायतका अर्ति उपदेशको पछाड़ीका मनसायहरुको थुप्रै बहु राष्ट्रिय चर्तिकलाहरू देखेका र बिश्वका जनताले भोगेका पिंडामा कठई सहानुभूति दर्शाई सकेका तराइबासी ९स्थानीय भाषि० जनमनलाई आफनू अनुकूल प्रदूषित असदभाव सामाजिक राजनीतिक ब्यबहारतर्फ परिचालन गर्न मधेसबादी नेताहरूको राजनीतिक ब्यबहारमा बिचलन नआओस अनि अबदेखि उहाँहरुको ब्यबहारबाट बिरकक्त हूँदै राजनीतिमा ग्रहण लाग्ने गरी आफनै बिरुद्ध उठेका जनआवाज सुनेर टोहोलाउने दिन पनि उहाँ नेताजीहरुको लागि राजनीतिक यात्रामा कहिल्यै नआओस !

रास्ट्रिय सदभाव –मेलमिलाप(सामाजिक सदभाव एबं एकता –समानतालाई सम्हालन मधेश प्रदेशका मधेशबादका कट्टर पक्षधर  मधेशबादी नेताहरुलाई बधाई सहित हार्दिक शुभकामना १ त्यहाँ साँचिकै राज्यले अन्याय गर्यो भने अन्यायको बिरोधमा तपाईंहरु सँगै आवाज बुलन्द गर्न सबै नेपाली तयार हुनेछन् ।

सादरणीय डेबिड कैमरूनले हामी नेपालीलाई संघ प्रदेशको चक्करमा न परनू भनेर दिएको सुझाव ले मात्र हैन९राज्यसत्ताबारे  भेनेजुयलाका रास्ट्रपति ह्यूगो चाभेज तथा  नेपालका पूर्व प्रम माधब कुमार नेपालले माओबादीसँग भएको सिलगुढी बार्तापछि फर्केर आएर ब्यक्तत बिचारलाई जागिरे तालीममा अन्तरक्रियाको लागि आमन्त्रित बिसलेषक-बिचारक तथा नेताहरुसित मैले सार्वभौमसत्ता-सार्वभौमिकता एबं संघीयता समेतलाई जोडेर राखेको जिज्ञासाको प्रसंग अरुबेला  चर्चा गर्नेछु  ।

७- तराइबासी (स्थानीय भाषि )लाई पहिलो प्राथमिकता :

मैले त १,४७,१८१ बर्ग कि।मी।को यो सानो नेपाल जगतीमा संघीयता १ कुन प्रयोजनको लागि प्रदेश नी  चाहिन्छ र १ भनेर संबिधान निर्माण सुझाव दिएको थिएं  ।  नेपालको नागरिक हूँ संबिधानको सम्मान गर्दै पालना गर्नु मेरो कर्तब्य हो । तर १,४७,१८१ बर्ग किमी।को टुक्रा राजनीतिक रुपमा सम्हालन नसकेर कित्ताकाट गर्दै त्यसैमा रमाउनेहरुबाट क्षणीक बिजयकों उन्मादित आनन्द त होला ।

तर, अप्रदेश ,असंघीयता जस्ता मेरा पुरानू कथित बाहून नस्ल बादी अडानसँगै देशको भौगोलिक अबस्थितिले अप्रदेश,असंघीयतामा पनि बृहत रास्ट्रिय एकता र मेलमिलाप कायम गर्दै हाम्रा सबै पूर्खाहरूबाट उहिले स्थापित,निर्मित,सिर्जित,र संरक्षित हामी सबै नेपाल भनेर गर्वित हुने एकल पहिचान एबं एकल रास्ट्रियताको जगतीलाई कुनै प्रलयले पनि टसमस नपार्नेगरी झन अझ रक्षा गर्न सकिन्छ भन्ने सरल निस्वार्थ भावना  मनभित्र यथावत छ । तराईका सबै बासिहरु अझ स्थानीय भाषिहरुलाई हाम्रो परिवारले दिनसक्ने अवसरमा पहिलो प्राथमिकतामा राखेको थियो(छ(हुनेछ।

८- हिन्दी भाषाको माँग हुन सक्ने ;

आफनू ुमधेस प्रदेशु को माँग पूरा गराइएको भनेर गर्व  गर्ने(मान्ने(ठान्ने मधेशबादी समूह (मधेस केन्द्रित राजनीतिक दलहरूले अब ुहिन्दीु भाषा चाहिन्छ भनेर किचलों गर्न सक्नेछन् ।

आ(आफ्ना बुझाई हूँनसक्छ तर मेरो पूर्ण पूर्वाग्रहरहित  सकारात्मक  बूझाईंमा ुहिन्दीु भाषा भन्दा दक्षिण  एसियाली फारसी समेत मिश्रित ुउर्दूु भाषा गंभीर,सभ्य,मर्यादित,कूटनीतिक,सुसंस्कृत भासा हो की जस्तो लाग्छ । हिंदीका शब्दहरू अली ठाडा रूखा ,हेपाहा,चुलबुले,अकुटनीतिक,औपनिबेशिक मानसिकताले लीपपोत भएका पो छन की जस्तो महसूस भयो । जबकि  म आफू हिन्दी भन्दा मैथिली बढ़ी मन पराऊँछु –त्यो ब्यक्तीगत मामला हो । मैथिली त ३२ बर्ष अगाडि पटनाबाट निस्कने पत्रिका पढ़ाऊँदै जनकपुरका इँ। सिताशरण उर्फ इंदूभूषणझाँजी ले लिपी नै सिकाऊँदै गर्दा मेरो बदली भै हालयों तर मैले जे सिंके जाने खुसी छु ,कहिले बेला त तराइबासी९नेपाली भाषि ०को हैसियतमा मैथिलीमा फेशबूक पोस्ट गरेँ–तराइबासी९ स्थानीय भासी० साथीहरुबाट शुद्धता बारे समेत राम्रै प्रतिक्रिया भए। गोरखापत्र नयाँ नेपालमा मैथिली भोजपुरी मगही किसान भाषा पनि पढ्छू(हेरछू,कुनै त नोट पनि गर्छु ।

र, अन्त्यमा :

अब नामाकरणको पालो आएको बिराटनगर समेत सम्मिलित प्रदेश नं। १ को नाम अग्रगमनतुल्य  वा प्रतिगनतुल्य जून तुल्य राख्दा आफनू राजनीतिक अनुकूल हुन्छ राखे हुन्छ । ,सबै जिल्ला र पुरानो अञ्चलहरुबाट बग्ने नदीहरुलाई बिचार गर्दा सप्तकोशी  वा भारतमा समेत कण्ठ कोशी राख्दा पनि हुन्छ –पछि सिराहा सप्तरी समेत मिलाउने गरी पूर्वाञ्चल-पूर्वाञ्चल खण्ड –कोशीखण्ड- सगरमाथा -बीराट यलम्बर-औधोगिक प्रदेश आदि जे जे राख्दा पनि भो । काठमाडौं कोटेश्वरमा मन्त्री लालबाबू पण्डितकों मोरंगसमाजले गरेको सम्मान कार्यक्रममा माधब कुमार नेपालले  ू म त भन्छु पाँचबिकास क्षेत्रपनि ठीक छ ,प्रदेश न बनाई न छोड़ने हो भनेचाहिँ मोरंग नाम कै एउटा प्रदेश पनि हुन्छ ,पूर्वाञ्चल बिकास क्षेत्र राखे पनि हुन्छ  भन्नु भएको  कुरामा पूर्व मन्त्री लालबाबुकों समर्थन को मलाई समझना छ ।

नेपाल माताको जय ११भन्दै जय जय जय नेपाल सुंदर शांत बिशाल।।।मात्रै हैन ु हेगे बुलगी वाली ,समैयों भेले भारी ु बोलकों मैथिली गीत पनि गाउँदै आफनै छिमेकी भारतलाई सम्झीएँर हाम्रा नेपालको आकारका गाउँहरु राजनीतिको कुनै कित्ताकाट नगरिकन नै मज्जाले सञ्चालन गर्ने राजनीतिक ब्यबस्थापकीय क्षमता चानचुन नभएका भारतीय सरपञ्चहरूलाई पनि सम्झिएँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here