रसियाले आगामी महिना युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी

160

वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले आगामी महिना युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी दिएको बताएका छन् ।

रसियाले पनि अमेरिकाले आफ्ना महत्वपूर्ण मागहरु अस्वीकार गरेकाले युक्रेनको समस्या समाधान गर्ने आशाको आधार न्यून रहेको प्रतिक्रिया दिएको छ । रुसले युक्रेनको सीमानामा एक लाखको संख्यामा अत्याधुनिक हातहतियारले सुसज्जित फौज तैनाथ गरेपछि पश्चिम जगत रसियाको सम्भावित आक्रमणलाई लिएर चिन्तित भएको हो । साथै त्यस्तो कुनै प्रतिकूल स्थिती सिर्जना भएको खण्डमा अमेरिका, नेटो र अन्य युरोपेली मुलुकले एक साथ सामना गर्ने अप्रत्यासित सहमति पनि स्थापित भइसकेको छ ।

अहिलेसम्म पनि रसियाले आफ्नो आक्रमण गर्ने रणनीति नभएको अडान दोहोर्याउँदै आएको छ । अमेरिकी राष्ट्र बाइडेनले बिहीबार युक्रेनका समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई टेलिफोन वार्ता गर्ने क्रममा रसियाले आगामी महिना हमला गर्ने चेतावनी दिएको ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता एमिली होर्नले बताएकी हुन् ।

जेलेन्स्कीले बाइडेनसँग समस्यामाथि हालै भएका कुटनीतिक प्रयासहरु र भावी संयुक्त कारवाहीका लागि भएको सहमतिबारे छलफल भएको बताएका छन् । तर, स्रोतहरुले दुई नेताबीच खतरा साँच्चै आउनै लागेको हो की होइन भन्नेबारे मत विभाजन भएको बताएका छन् ।  यसैबीच, बिहीबार नै अमेरिकाले यदि रसियाले युक्रेनमा आक्रमण गरेको खण्डमा पश्चिमी युरोपमा पेट्रोल आपूर्तिका लागि जाने प्रमुख रुसी पाइपलाइन बन्द गरिदिने धम्की पनि दिएको छ । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here