आज सत्ता गठबन्धनको बैठक बस्दै

325

काठमाडौं । आज शनिबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले शनिबार गठबन्धन बैठक तय गरेको हो।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार शीर्षनेताको बैठकले आजका लागि गठबन्धनको बैठक तय गरेको हो। ‘गठबन्धनको बैठक बस्ने तय भएको छ’, देउवाले भन्नुभयो, ‘समय भोलि नै तय हुनेछ।’  हिजाे शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी निर्वाचनको विषयमा शीर्ष नेताबीच छलफल भएको छ। बैठकमा आगामी निर्वाचनको विषयमा छलफल भएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो।

शीर्ष नेताको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो।  शनिबारको बैठकमा निर्वाचनको विषयमा विषयमा ठोस छलफल हुनेछ। शुक्रबारको बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनको समीक्षा भएको शर्माले बताउनुभयो। राष्ट्रिय सभाको रिक्त १९ पदका लागि भएको निर्वाचनमा गठबन्धनका १८ उम्मेदवार विजयी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here