नेप्से तथ्यांक प्रयोगसम्बन्धी नयाँ शुल्क निर्धारण

43

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तथ्यांक प्रयोगसम्बन्धी नयाँ शुल्क निर्धारणा गरेको छ ।

नेप्सेले आजबाट लागू गरेको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७’मार्फत नयाँ शुल्क निर्धारण गरेको हो ।

जसअनुसार अब नेप्सेको तथ्यांक प्रयोग गर्दा (क) इन्भेस्टमेन्ट कम्पनी, वित्तीय विश्लेषकलगायतको प्रयोगका लागि, (ख) तथ्यांक वितरक, वित्तीय औजार विकासकर्तालगायत व्यापारिक तथा पुनः वितरण प्रयोजनका लागि, (ग) सञ्चार माध्यमहरुको समाचार निर्माण तथा प्रदर्शन प्रयोजनका लागि, (घ) गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानत्मक प्रयोग (विश्वविद्यालय, कलेज, गैरनाफामूलक अनुसन्धात्मक संस्थाहरुलगायत) र (ङ) विदेश कम्पनी वा व्यक्तिको अनुसन्धान प्रयोजनका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ ।

तथ्यांक प्रयोगका लागि यसरी ५ प्रकारमा वर्गीकरण गरिएका कम्पनीहरुको न्यूनतम चुक्तापुँजी र कर्मचारी संख्या पनि कार्यविधिमार्फत निर्धारण गरिएको छ ।

कार्यविधिअनुसार नेप्सेको तथ्यांक विभिन्न ४ प्रकारमा उपलब्ध गराइनेछ । जसअनुसार रियल टाइम, रियल टाइम डिले डाटा, अफलाइन हिस्टोरिक डाटा र वान–टाइम इन्स्टलेसन चार्ज रहेका छन् ।

यीमध्ये वान–टाइम इन्स्टलेसन चार्ज सबै प्रकारका कम्पनीका लागि २ लाख रुपैयाँ तोकिएको छ । अफलाइन हिस्टोरिक डाटा भने ६ महिनामाथि तथा सबै वर्षका लागि भने कम्पनीहरुअनुसार ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म तोकिएको छ ।   यस्तो शुल्क त्रैमासिक रुपमा अग्रिम भुक्तानी गर्नुपर्नेछ ।

तथ्यांक प्रयोगका लागि स्पष्ट उद्देश्य खुलाई नेप्सेमा आवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । निवेदन प्राप्त भएपश्चात एपीआई प्रयोगकर्ताका हकमा नेप्सेले सूचना प्रविधि पूर्वाधार र एपीआई प्रयोगका लागि सुरक्षित रहे नरहेको जाँच गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here