राष्ट्रियसभाको बैठक स्थगित

336

काठमाडाैं ।  राष्ट्रियसभाको बैठक स्थगित भएको छ । माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएकाे हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले  राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम(३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

यस्तै, संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार बेलुका सूचना निकालेर १० दिनसम्मका लागि स्थगित गरेको छ ।

यस्तै, संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार बेलुका सूचना निकालेर १० दिनसम्मका लागि स्थगित गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोध र कोरोना महामारीका कारण संसदका दुवै सदनको बैठक बस्न सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here