वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै

108

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भैसकेको छ । घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घटना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारको । उनी अहिले दक्षिण कोरियामा छन । उनी वैदेशिक रोजगारको लागि दक्षिण कोरिया गएको ठ्याक्कै साढे ३ बर्ष पुगेको छ । ५ बर्ष अघी पुष्प बहादुर सुनुवार भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका हुन । दुवैको परिवार खुशी नै थिए ।

तर अहिले उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहिन भएको २ महिना भएको छ । ५ बर्षिय छोरा साथमा रहेको उनी अहिले कहाँ छिन थाहा पत्तो छैन । पुष्पकी श्रीमती रमिनाले यस अघि बस्दै आएको काठमाडौको गौरिघाटस्थित रहेको डेरा समेत परिवर्तन गरेछन् । पुरानो डेरा सारेपछि उनी ललितपुरको ठाइबास्थित बसेको जानकारी पाइयो तर अहिले भन्ने पुष्प मात्रै होइन पुष्पका आफन्तलाई समेत पत्तो छैन उनी कहाँ छिन् भन्ने कुरा । तर यता श्रीमती रमिनाको माइती पक्षका आफन्तले भने थाहा नभएको भन्दै रमिनाबारे बोल्न चाहिरहेको देखिदैन । पुष्पले सकेसम्मको तरिका अपनाए तर श्रीमती सम्पर्कविहिन भएपछी उनी चिन्तामा छन । उनका आफन्त र चिनजानकाहरुसँग बुझ्न खोजे पनि कसैले केही चासो लिएको छैन । पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक लिस्टमा राखेको बताए ।

उनले फोनमा अन्य परपुरुषसंग बोलेको देखेपछि र स्वयं उनकी श्रीमतीले नै आफ्नो ट्याक्सी ड्राइभर ब्वाइफ्रेण्ड रहेको बताएकी थिइन । श्रीमान विदेश गएको ६ महिनापछी आफु रिलेशनमा रहेको र साँढे २ बर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन । त्यसपछी रमिनाले आफ्नो श्रीमान पुष्पसँग माफि मागिन । माफि पनि दिए तर पटक पटक आफुसँग नबोल्ने र त्यही केटाको याद आइरहेको बताउँदै आइरहेकी थिइन । पुष्प पिडाले छट्पटिन्थे र श्रीमतीको माइतीलाई भएको समस्या समाधान गर्न पटक पटक भनिरहन्थे । पुष्प आफ्नो श्रीमतीको टचरकै कारण आत्माहत्या गर्नसम्म पुग्नै लागेका थिए । चाबहिल, ललितपुरका गेस्ट हाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कयौ रात बिताएको समेत उनकी श्रीमतीले बताएकी थिइन । उनीहरुबिच विवाद हुँदै गयो । रमिनाले निर्धक्कसँग म्यासेन्जरमा स्कृन सेअर गरेर पुष्पलाई परपुरुषसँंग बोलेको अनेकथरी म्यासेज देखाउथिन । रमिनाले आफ्ना आफन्तले परपुरुषसँग सम्बन्ध नगाँस्न बारम्बार भनेकी समेत पुष्पले बताए ।

पुष्पले आफ्नी श्रीमतीलाई सम्झाउन आफ्ना आफन्त पनि पठाए । तर पनी केही भएन । उनै रमिना आफू माथि हुने कुरा गरे र उल्टै आफ्ना श्रीमानलाई दोष थुपार्दै पन्छिन खोजे । पुष्पको आफन्तलाई उनकी श्रीमती रमिनाले बढी शंका गर्ने गरेको र झगडा भएको बताइन । पुष्पको आफन्तले दुवैलाई मिलेर बस्नु भने । पुष्पले सम्झाउन कोशीस गरे, बुझाउन अनेक गरे तर उनकी श्रीमती रमिनाले अनेक बहाना बनाएर निहुँ निकालेर झगडा गरीरहिन । उनै पुष्पलाई बेला बेलामा माफि माग्दै पैसा पठाउन लगाइरहन्थिन । तर उनकी श्रीमती रमिना भने आफुले पठाएको पैसा लिएर ब्वाइफ्रेण्डसँग घुमिरहेको थाहा पाएपछी उनलाई पुष्पले सोध्ने गर्दथे, मेरो र छोरालाई कमसेकम बुझ्नुहोस । तपाईं किन यस्तो गर्दै हुनुहुन्छ ? तर झन आफ्नी श्रीमतीले छोरा समेत पुष्पको नभएको बताएपछी पुष्पलाई झन के गरौ के नगरौको स्थितिमा पुगे ।

डेढ बर्ष अघी पुष्पले पठाएको करिब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिए र उनको नाम पास गरिन । पुष्पले सबै कुरा थाहा पाएपछी आफ्नो सम्पती र छोरा फिर्ता मागे । अनी श्रीमती रमिना सम्पर्कबिहिन बनिन । पुष्प न्यायको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन हामी माझ आइपुगेका छन । पुष्पले आफ्नी श्रीमतीको खोजिकार्य गरिदिन आग्रह गरेका छन । आफ्नो सम्पती र छोरा फिर्ता गर्न गुहारेका छन ।  रमिनालाई खोजेपनी भेट्न नसकेपछी हामी माझ आएको घटना हो यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here