कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर एक जनाले अकालमै ज्यान गुमाएका छन् ।
सोमबार दिउँसो भीमदत्त नगरपालिका-८ जिमुवामा सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठोक्किँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा सोही नगरपालिका-७ हल्दुखाल बस्ने १८ वर्षीय मोटरसाइकल चालक राजेश बमको निधन भएकाे प्रहरीले जनाएको हो। मोटरसाइकल पछाडि सवार पुस्कर बम घाइते भएका छन्।


















