काठमाडौं । भारत सरकारले आफ्नै ‘डिजिटल करेन्सी’ प्रचलनमा ल्याउने भएको छ ।
आगामी आर्थिक वर्ष सन् २०२२-२३ को बजेट घोषणा गर्दै केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यसै वर्ष डिजिटल करेन्सी प्रचलनमा ल्याउने घोषणा गरेकी हुन् ।
भारतको रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले गत वर्षदेखि डिजिटल करेन्सी बनाउने तयारी थालेको थियो । तस्विरः एएनआई


















