काठमाडौं । सरकारले भोलि, बुधबार सार्वजनिक बिदा दिने भएको छ।
सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो।
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार भोलि सार्वजनिक बिदा दिइने गृह मन्त्रालयले जनाएको छ।



















